लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू… Read More

खाद्य सामग्री बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो । खुल्लेकबाट… Read More

राहत कोषमा ४ करोड

दैलेख । जिल्लाको एघार स्थानीय सरकारले चार करोडको विपत् कोष खडा गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध जुध्नका लागि पालिकाहरुले धमाधम विपत् कोष खडा गरेर सुरक्षाका लागि आवश्यक सामग्री, औषधि खरिदसँगै क्वारेन्टाइन निर्माणमा जुटेका छन् । आठबीस नगरपालिकाले रु ७९ लाख राहत कोषमा राखेर… Read More

जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ। विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका… Read More

६ दिनसम्म किन उठेन कोरोना अस्पतालबाट बाबुरामको शव ?

बुटवल । बुटवलको धागो कारखानामा रहेको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ६ दिन पुग्दा पनि उठेको छैन। चैत ६ गते दुबईबाट रूपन्देहीको सैनौमैना ४ सिसौडाँडास्थित डेरामा पुगेका उनी ज्वरो बढ्न थालेपछि कोरोना आशंकामा चैत १३ गते अस्पतालको आइसोलेसनमा… Read More

कोरियाले यसकारण नेपाली कामदार नलिने

काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो। एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो। आगामी वर्ष कृषि क्षेत्रमा… Read More

इलामको विश्वमै दुर्लभ जातको चिया लोप हुने खतरा

इलाम । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।… Read More

मन्त्रीको सल्लाहकार बनेर ब’लात्कार

काठमाडौं । मन्त्रीको सल्लाहकार भएको भन्दै युवतीलाई प्रभावमा पारेर ब’लात्कार गर्ने व्यक्ति प’क्राउ परेका छन् । टोखाका अमृतबहादुर घलेलाई प्रहरीले प’क्राउ गरेको हो । उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए । १२ कक्षामा अध्ययनरत ती किशोरीलाई आफूले थप… Read More

हुर्कियो गर्भको नासो, फर्किएनन् श्रीमान्

डोटी । शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बन्नुभएको छ । उहाँ हिजो आज घरमा एक्लै हुनुहुन्छ । उहाँका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उहाँ नितान्त… Read More

दुई दिन वर्षा र हिमपात !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी… Read More