प्रधानमन्त्रीको अ.वस्थालाई चिकित्सक के भन्छन् ? प्रधानमन्त्रीको जटिलता के हो ? पुर्ण जानकारी

भनिरहनु पर्ने कुरा होइन तर प्रधानमन्त्री केपी शर्मा ओली केहि समयदेखि अलिक बढि नै स्वास्थ्यको समस्या भोगिरहेका छन् ।

हुन त १२ बर्ष अगाडी उनले मृगौला नै प्रत्यारोपण गर्नु पर्यो । सामान्य अवस्थामा मानिसहरुलाई मृगौला प्रत्यारोपण पछिको अवस्था संवेदनशील हुन्छ तर असाध्यै बलियो आत्मविश्वास राखेर प्रधानमन्त्री ओली जस्तो सुकै संवदेनशिल अवस्थामा भएपनि आफ्नो नियमित राजनीतिक गतिबिधीमा लागिरहे ।

प्रधानमन्त्री ओली जब तत्कालिन नेकपा एमालेको अध्यक्ष भए, त्यो बेला पनि असाध्यै गम्भिर देखिएका थिए तर उनले पार्टीको अध्यक्ष पद मात्र जितेनन्, आफ्नो रोगलाई पनि जिते । आफ्नो नियमित राजनीतिक गतिबिधीमा लागिरहे । त्यस पछि उनी दुई पल्ट देशको प्रधानमन्त्री भइसकेका छन् ।

स्वास्थ्यमा देखिएको समस्यालाई पनि जितेर उनी आफ्नो आत्मविश्वासकै आडमा टिकिरहेका छन् भने पनि हुन्छ । तर यो पटक समस्या अलिक जटिल र झनै संवेदनशील बनेको छ ।

के भएको हो अहिले ?

सामान्य अवस्थामा नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले झन् बिग्रिएको छ । उनले बितेका चार हप्तामा चार पटक मृगौलाको डायलासिस गरिसकेका छन् भने उनको पुन: मृगौला प्रत्यारोपण गरिने निर्णय गरिसकिएको छ ।

अहिलेको अवस्था उनको मृगौलासँग सम्बन्धित होइन तर एक्कासी आएको स्वास्थ्य समस्याले उनको पुरानो मृगौलासँग सम्बन्धित समस्यालाई पनि गिजोलेको छ ।

भएको के हो भने, आज मंगलबार बिहानै एक्कासी प्रधानमन्त्री ओलीको पेट दुख्न थाल्यो । उनी बिहान ९ बजे नै उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे ।

स्वास्थ्य परिक्षण पछि थाहा भयो उनको स्वास्थ्य समस्या आकस्मिक र जटिल छ ।

एपेन्डिसाइटिस भएर फुटिसकेको रहेछ

जब प्रधानमन्त्रीलाई चिकित्सकहरुले परिक्षण गरे तब थाहा भयो, प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको रहेछ र त्यो फुटिसकेको रहेछ ।

एपेन्डिसाइटिस फुट्नु गम्भिर अवस्था हो । यसले सामान्य मानिसकै ज्यानलाई जोखिमपुर्ण बनाउँछ । (प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पहिले देखि नै समस्यामा रहेकाले यसले गम्भिरता झन् थपेको छ । यसबारे तल थप लेखिएको छ ।)

डा. रमेश सिंह भण्डारीले १२ बजेर ४५ मिनेटमा उनको अप्रेसन गरे । अप्रेसनपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएको छ ।

इमर्जेन्सी भेन्टिलेटरमा राखिएको होइन, इलेक्टिभ भेन्टिलेटरमा हो । यसको अर्थ के हो ?

प्रधानमन्त्रीको सचिवालय तथा अस्पतालले भने भेन्टिलेटरमा राखेको औपचारिकरुपमा जानकारी गराएको छैन । अस्पतालबाट जारी विज्ञप्तीमा प्रधानमन्त्रीलाई सघन अस्पतालमा राखेर उपचार गरिरहेको बताइएको छ ।

तर चिकित्सकका अनुसार उनलाई इमर्जेन्सी भेन्टिलेटरमा भने राखिएको होइन । बरु उनलाई कुनै इमर्जेन्सी पर्न सक्ला भनेर सावधानीका लागि इलेक्टिभ भेन्टिलेटरमा राखिएको हो ।

चिकित्सकहरुका अनुसार जटिल अप्रेसनपछि इलेक्टिभ भेन्टिलेटरमा राख्दा संक्रमण कम हुने सम्भावना हुन्छ । इलेक्टिभ भेन्टिलेटरमा इमर्जेन्सी अवस्थामा राखिने नभएर इमर्जेन्सी अवस्था आउनुअघिको पूर्व तयारीका लागि राखिन्छ ।

शरीरका अंगहरुले राम्रो काम गरिरहेपनि कुनै बेला इमर्जेन्सी अवस्था आइलागे शरीरका अंगहरुलाई सहयोग पुगोस् भनेर इलेक्टिभ भेन्टिलेटर राखिन्छ । प्रधानमन्त्री ओलीलाई अहिले इलेक्टिभ भेन्टिलेटरमा कृत्रिम स्वासप्रश्वासमा राखिएको छ, जहाँ उनको स्वास्थ्य गम्भिर छ तर थप बिग्रिएको वा राम्रो हुदै गएको भन्ने छैन । अवस्था स्थिर छ ।

प्रधानमन्त्री ओलीको बिडम्बना

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण देखिएको छ । यसलाई चिकित्सकिय भाषामा पेरिटोनाइटिस भनिन्छ । यो भने एपेन्डिसाइटिसको जटिल अवस्था हो ।
यस्तो अवस्थामा एपेन्डिक्स फुट्छ र त्यसमा भएको पिप तथा बिकारहरु पेटमा फैलन्छ । यस्तो अवस्थामा ल्याप्रोटोमी विधिबाट शल्यक्रिया गरिन्छ । किनकि पेटभित्र भएको ‘इन्फेक्सन’ सफा गर्नुपर्छ । यस्तो अवस्थामा विरामीको अवस्था हेरेर ल्याप्रोस्कोपीबाट पनि उपचार हुन्छ ।

पेरिटोनाइटिस हुँदा रक्तचाप घट्ने तथा सास फेर्न गाह्रो हुने हुन सक्छ । पेटभित्र संक्रमण फैलिएर मृगौलाले काम नगर्न सक्छ । मुटु, कलेजो फोक्सोलगायतमा पनि ‘इन्फेक्सन’ हुनसक्छ । शरीरभरि संक्रमण फैलिएर ‘मल्टी अर्गान’ फेल हुनसक्छ ।

पहिले देखि नै मृगौलाका रोगी रहेका प्रधानमन्त्री ओलीलाई संक्रमणको सम्भावना झन् धेरै हुन्छ किनभने प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कम छ । मृगौला प्रत्यारोपण गरिएका बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि भयो भने नयाँ राखिएको मृगौलाले काम गर्दैन यसर्थ औषधी खुवाएर रोग प्रतिरोधात्मक क्षमता कम गराइन्छ । यसैले दोहोरो चपेटाले गर्दा प्रधानमन्त्री ओलीको मृगौलाले काम नगर्ने सम्भावना अधिक हुन्छ ।

यहि संवेदनशिलतालाई ध्यानमा राखेर प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । चिकित्सकहरुका अनुसार यस्तो अवस्थामा मानिसहरु पुरै ठीक हुन कम्तीमा १५ देखि २० दिन लाग्छ । तर, शारीरिक अवस्था कमजोर भएका मानिसहरुलाई अझ लामो समय लाग्न सक्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने स्वास्थ्य सुधार उन्मुख रहेको बताएका छन् ।

Add Comment