पालुङटार नगरपालिकाले सुरु गर्यो बच्चाहरुको निशुल्क बैक खाता संचालन

अर्जुन बिष्ट ,गोरखा: आर्थिक बर्ष २०७६/७७ मा पालुङटार नगरपालिका अन्तर्गत का स्वास्थ्य सस्था र बर्थिङ्ग सेन्टरमा जन्मेका बच्चाहरुको निशुल्क बैंक खाता खोल्ने कार्यक्रम नगरपालिकाले सुरु गरेको छ।

पालुङटार नगरपालिकाको पाचौं नगर सभा २०७६ बाट पारित भएका नीति योजना तथा कार्यक्रमहरु अन्तर्गत बैंक खाता खोलिएको हो।

नगरपालिकामा कार्यरत लेखा अधिकृत सुमन शर्माको अध्यक्षता र नगर प्रमुख ईन्जिनियर दीपकबाबू कंडेल को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित ४ महिने बालक आरोग्य मणि बिश्वकर्मा को नाममा निशुल्क बैंक खाता खोली कार्यक्रमको उद्घाटन भएको हो।

बालबालिकामा भबिस्यमा आउने स्वास्थ्य समस्याहरु लाई मध्य नजर गर्दै नगरपालिका भित्रका सम्पुर्ण बच्चाहरुको निशुल्क बैक खाता खोल्ने अभियानका साथ आफूहरु अगाडी बढेको नगर प्रमुख कंडेल ले बताउनु भयो। उहाँले थप्दै भन्नुभयो २०७६ साउन १ देखि जन्मेका बच्चाहरुको खाता खोल्दा नगरपालिकाले थप एक हजार रुपैयाँ बैक दाखिला गरिदिने र विभिन्न चाडपर्वहरुमा बच्चाहरुको संकलन भएको रकम उक्त खातामा जम्मा गर्ने उत्प्रेरणा जाग्द्छ भन्ने मेरो अपेक्षा रहेको छ।

यश अघि गर्भवती महिलाहरु घरमै सुत्केरी हुने प्रचन रहेको हुँदा नगर भित्रका प्रत्येक घरमै हुने प्रसुतीलाई शून्य बनाउने अभियानमा समेत यस कार्यले टेवा पुग्ने बिश्वास बढेको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनु भयो।

उक्त कार्यका लागि नगरपालिकाले प्रभु बैक सङ्ग सहकार्य गरि अघि बढेको नगर प्रमुखले प्रष्ट पार्नुभयो।

प्रभु बैक पालुङटार शाखा का प्रमुख सुर्य न्यौपानेले आफु स्वयंम सहित कर्मचारीहरु सबै वडाहरुमा पुगेर बच्चाहरुको खाता निशुल्क रुपमा खोलीदिन तयार रहेको बताउनु भयो।