पर्वतको पैंयु गाउँपालिकाको क्वारेन्टाइनमा बसेका वृद्धको मृ’त्यु

पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा बसेका बृद्धको मृ’त्यु भएको छ ।

पैंयु गाउँपालिका वडा नं ६ का यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा मृ’त्यु भएको हो । जनसेवा संस्कृत माथि हुवासमा रहेको क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका लागि गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा पुगेपछि उहाँलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

मृ’तक भारती भारतबाट असार १६ गते कुस्मा आउनुभएको थियो भने कुस्माको पुलिङ क्वारेन्टाईनमा बसेका बस्नुभएको थियो । असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो । मृ’तक पछिल्लो समय रुपन्देहीको खैरेनीमा बसाई गएका थिए । उहाँ प्रेसरको बिरामी भएको बुझिएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Add Comment